देशको अधिकांश स्थानमा भारी वर्षा हुने, सतर्क रहन विभागको आग्रह

Telecom

काठमाडौ । देशभर सामान्यदेखि पूर्णसम्म मौसमी बदली भई प्रदेश–१, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । यस क्रममा प्रदेश–१ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । वर्षाको कारण विपद आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

adb bank long