एजेन्सी । अघिल्लो महिना सम्पन्न युरो–२०२० को फाइनलपछि इंग्लयाण्डला खेलाडीहरुलाई सामाजिक सन्जाल वा अनलाइनको माध्यमबाट नस्लीय भेदभावजन्य टिप्पणी गर्ने ११ जनालाई लण्डन प्रहरीले पक्राउ गरेको छ ।
बेलायतको फुटबल पोलिसिङ युनिटले दुर्व्यवहारको ६ सय भन्दा बढी निवेदन पाएको थियो । युरो फाइनलमा इटलीसँग पेनाल्टीमा पराजित भएपछि गोल गर्न नसक्ने तीन इंग्लिस काला खेलाडीमाथि रंगभेद भएको थियो । सामाजिक सन्जालमा प्रशारित १ सय २३ पोष्टमध्ये ३४ वटा बेलायतबाटै भएको थियो ।
गल्ती गर्नेहरुले सामाजिक सन्जालको एकाउन्ट बन्द गर्दैमा उन्मुक्ति पाउँछु भनेर नसोच्न प्रहरीले चेतावनी दिएको छ ।