महेश बस्नेतले संसदमा सरकारको बिरोध कविताबाट गरेपछि…

Telecom

काठमाडौ । नेकपा एमालेका सांसद महेश बस्नेतले संससमा कविता बाचन गरेपछि त्यसले हंगामा मच्चाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको लामो समयसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको विषयलाई सांसद बस्नेतले कवितात्मक शैलीमा सदनमा प्रस्तुत गरेको थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले भने, वर्तमान सरकारको ढिलासुस्ती, अर्कमन्यता, र अपरार्दशीतालाई जनताले हेरिरहेकोले अब मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो रु

अदालतको मन्त्री बन्न खोजेकाहरू बेरोजगार बनेर आत्महत्या गर्छु भन्दै हिँड्न लागेको छन् । माओवादीका सांसदले मन्त्री नपाए आत्महत्या गर्छु भन्नु र काग्रेंसका जनप्रतिनिधिले नगरपालिका फोरेको समाचारहरू आइरहेकाले वर्तमान सरकारको निरिहिता पुष्टि गरेको उनले जनाए ।

उनले वर्तमान सरकारले अघिल्लो सरकारले व्यवस्थापन गरेको खोप समेत लगाउन नसकेको बताए । उनले जनताले खोप नपाइरहँदा होटेल होटेलमा खोप भेटिनु जस्ता कुराले सरकार कता हिँडिरहेको स्पष्ट हुने बताए ।

सरकार बनेको तीन सातामै खोप काण्ड, व्यापारीलाई मन्त्री बनाएको काण्ड, जयसिंह धामीको हत्या, सरकार विस्तारमा ढिलाई लगायतका दर्जनौ कारण जनताले परमादेशको सरकारले केही गर्न नसक्ने भन्दै जनादेशमा प्रधानमन्त्री केपी ओलीलाई सम्झिएको बताए ।

adb bank long