अध्यक्ष ओलीलाई भेट्नुअघि नै किन भेटे प्रचण्डले नेपाललाई ?

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाल भेट्न प्रचण्ड कोटेश्वर गएका हुन । नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यपारीको नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला नेपालसँग प्रचण्डले भेट्नुलाई निके अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने तरखरमा रहेका नेपाललाई प्रचण्डले भेट्नु संयोग मात्र नभई केही खिचडी पाक्न लागेको हुो कि भन्ने तरंग उत्पन्न गराएको छ ।
अहिले मन्त्रीपरिषदले समेत पूर्णता पाउन सकिरहेको छैन । यस्तो अवस्थामा आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ । ‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले भन्यो ।

माधव नेपालमाथि एमालेमै मिल्न दोस्रो पुस्ताका नेताहरुले दबाब दिइरहेका छन् । अर्कोतिर २२ जना सांसदसहितका नेता कार्यकर्ताले सरकारमा जान दबाब दिएकाले नेपाल अनिर्णयमा छन् । मन्त्री बन्न हतार देखिएका २२ भाई सांसदकै कारण नेपाल अनिर्णयको बन्दी हुन पपुगेका छन् ।

आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने बताईएको छ ।

 

 

 

 

adb bank long