काठमाडौ । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउन सत्तारुढ गठनबन्धनका मुख्य तीन शीर्ष नेताहरु बालुवाटारमा रहेका छन् । उनीहरुबीच छलफल चलिरहेको बालुवाटार श्रोतले जानकारी दएिको छ ।
बालुवाटारमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन ।
गठबन्धका शिर्ष नेताहरु आन्तरिक छलफलमा रहेकाले आज सरकारलाई पूर्णता दिने कामअगाडी बढ्ने विश्वास गरिएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका सांसदहरुसँग छलफलमा रहेको र नेपाल सरकारमा सहभागी भए मन्त्रालय हेरफेर हुन सक्नेगरी छलफल चलिरहेको श्रोतले जानकारी दिएको छ ।