पदमूक्त माओवादी सांसदहरुको मुद्धाको आज सुनुवाई हुँदै

Telecom

काठमाडौ । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको आज सुनुवाई हुँदैछ । यसअघि दुईपटक पेशी तोकेपनि सुनुवाई सारिएको थियो । सोही मुद्धाको आज पुनः पेशी तोकिएको हो । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाईको पेशी तोकिएको हो ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार दर्ता गरेको रिटमाथिको आज सुनुवाई हुन लागेको हो ।

चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

खतिवडाकै इजलासमा आज जसपाका अध्यक्ष महन्थ ठाकुरको मुद्दामाथि पनि सुनुवाइ हुँदैछ ।

 

adb bank long