आजै साँझसम्म मन्त्रीपरिषद विस्तार गर्ने देउवाको तयारी

Telecom

काठमाडौ । सत्ता सम्हालेको लामो समयसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेका प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।

यस्तै सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । गठबन्धन दलले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा तीन साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । जसका कारण सरकारको काम कारवाहीमै प्रभाव परिरहेको छ । लामो समय मन्त्रिमण्डल विस्तार नभएपछि प्रधानमन्त्रीप्रति नै प्रश्न उठ्न थालेको छ ।

 

adb bank long