nepal telicom

मन्त्रीपरिषद बिस्तारको लागि छलफलमा सत्तारुढ दल, मन्त्रालय बाँडफाँड पनि आजै हुने

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल हुने बताइएको छ । आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ ।

सोमबार बिहान बालुवाटारमै बसेको सत्तारूढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको बताइएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

शीर्ष नेताहरुको आजको बैठकले सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

 

adb bank long