काठमाडौ प्रवेशद्वार नागढुङ्गा सडकखण्डमा पहिरो , बाटो खुल्न दुइ घण्टा लाग्ने

काठमाडौ। लगातारको वर्षाका काठडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ ।
बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाडौं आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।

हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौं यात्रुु ओहोरदोहोर गर्दछन् । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

 

adb bank long