मन्त्री छान्न माधवलाई जिम्मा, यस्ता छन् मन्त्री बन्ने सांसदहरुको अनुहार

Telecom

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री छान्ने जिम्मा आएको छ । आज बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो ।

बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई नै चयन गरेको छ । बैठकका निर्णय सुनाउँदै सांसदसमेत रहेका नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ । प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

बैठकले बाढीपहिरोबाट पीडित भएकाहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
मन्त्री बन्नका लागि २८ जना सांसदहरु तयारी अवस्थामा हरेका छन् । उनीहरुको चित्त बुझाउन नेपाललाई सबैभन्दा सकस देखिएको छ । मन्त्री बन्नका लागि सांसद्हरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ लाईनमा रहेकाछन् ।
यस्तै कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा ९पौड्याल०, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसीले दाबी गरेका छन् ।
आज बिहान माओवादी क्रेन्द्रका अध्यक्षपुष्प कमल दाहाल(प्रचण्ड) र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी महत्वपूर्ण मन्त्रालय आफूले पाउनुपर्ने माग नेपालले राखेका थिए । उनको माग सुनेर देउवा र प्रचण्ड थप तनावमा पर्न गएको श्रोतको दाबी छ । अहिलेको अवस्थामा ६ वा सात मन्त्रालय मात्रै हात पर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा आफूपक्षीय सांसदलाई भाग पुयाउनुपर्ने र त्यसकै लागि आफूलाई केही महत्वपूर्ण मन्त्रालय दिनुपर्ने नेपालको माग रहेको छ ।

 

 

adb bank long