काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटरमा भेटवार्ता चलिरहेको छ ।
बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल भैरहेको बालुवाटार श्रोतले बताएको छ ।
कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे यसअघि नै निर्णय भैसकेको भए पनि कुन कुन मन्त्रालय कसको भागमा पर्ने भन्नेबारे औपचारिक निर्णय भैसकेको छैन ।
तीन नेताबीचको आजको छलफलले यस विषयमा पनि निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि नेकपा एकीकृत समाजावादीका अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल भारतबाट फर्केपछि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताएका थिए ।
देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सर्वत्र आलोचना चुलिएको छ ।