nepal telicom

माधव नेपालले गरे सरकारमा जाने निर्णय, को को होलान मन्त्री ?

काठमाडौ । हिजो मात्रै निर्वाचन आयोगबाट सनाखत भई दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि आज पहिलो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं’, उनले
भने ।
केही समयअघि मन्त्री बन्नका लागि दाम्लो चुडाएर प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिल्कण्ठ नेपाल निकट सांसदहरु गएका थिए । अब ती सांसदहरुले मन्त्री पद पाउछ्न कि पाउँदैनन् त्यो चाहि हेर्न बाँकी छ ।

 

adb bank long