भारतले बाँधको ढोका खोल्दा महाकालीको त्रास, सतर्क रहन आग्रह

Telecom

दार्चुला, १० भदौं । भारतले तपोवन धार्चुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्दा दार्चुलामा महाकाली नदी आसपासका क्षेत्र बाढीको जोखिममा परेका छन् ।

दार्चुला जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार परियोजनाको जलाशय पानीसँगै बालुवा, माटोले भरिएको भन्दै भारतले अहिले बिहान ७ बजे जलाशयका ढोका खोलेको हो । जसका कारण दार्चुलाका व्याँस गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म महाकाली नदी तटीय क्षेत्रमा बाढी आउने जोखिम बढेको हो ।

बाँधका ढोका साँझ ७ बजेसम्म खुला राखिने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गरेका हुन् ।

adb bank long