काठमाडौ । नयाँ पार्टी दर्ताका लागि कस्सिएको नेकपा एसमाजवादीका नेताहरू यतिखेर निर्वाचन आयोग पुगेका छन्। आयोगले उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो।
एसमाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्।
केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ। उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ। बुधबारै जनता समाजवादी पार्टीबाट फुटेका महन्थ ठाकुरका नेताहरूले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गर्दैछन्।