माधव नेपाल नेतृत्वको दल दर्ता प्रकृया : सनाखतका लागि निर्वाचन आयोगले दिन तोक्यो

काठमाडौ। निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भोलिको समय तोकिदिएको छ ।

भोलि साढे ११ बजेदेखि २ बजेसम्म २२ जना सांसद र २८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ । सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्‍याउनु पर्छ । नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

 

adb bank long