धनुषामा ससुरा -बुहारीको शव फेला, हत्या आशंकामा छोरालाई पक्राउ

काठमाडौँ । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अमिरकादेवी मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ।

उनिहरूको हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। सामान्य विवाद हुँदा गए राति ससुरा र बुहारी मारेर खाल्डोमा गाडेको भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध थियो। त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रोटोन एजुकेसन
adb bank long