nepal telicom

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो पार्टी अध्यक्ष  केपी शर्मा ओली निवास बालकोटमा पार्टी एकताका लागि भएको छलफलमा आज स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराए ।

आज बस्ने वैठकमा पार्टी एकताका पक्षमा उभिएका स्थायी कमिटीका सदस्यहरुको पनि सहभागिता रहने बताईएको छ । १० बुँदे सहमतिपत्रको विषयमा पनि आजको स्थायी कमिटीको वैठकमा छलफल हरने बताईएको छ । वैठक बिहान ११ बजे तुल्सिलाल अमात्य स्मृति प्रष्ठिानको भवन च्यासलमा बस्ने छ ।

उता माधव नेपाल पक्षका नेताहरु भने चन्द्रागिरी हिल्समा हिजैदेखि कोठा बुकिङ गरेर आन्तरिक छलफलमा जुटिरहेका छन् ।

adb bank long