यी चार प्रदेशमा चट्याङसहित पानी पर्ने संभावना सर्तकता अपनाउन आग्रह

काठमाडौ । एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । प्रदेश नम्बर–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अरू प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

adb bank long