रंगिला फोटो सार्वजनिक भएसँगै विमला ओलीमाथि अर्को बज्रपात, नावालक छोराहरुले हाले मुद्धा

Telecom

काठमाडौं । केही समयअघि वाईसिएल कार्यकर्तासँगको रंगिला फोटो सार्वजनिक भएपछि ओलोचित बनेकी लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी वलीमाथि अर्को बज्रपात आईलागेको छ।

ओलीविरुद्ध जिल्ला अदालत, दाङमा मुद्दा परेको छ । अदालतका श्रेष्तेदार धनसिंह गिरीकाअनुसार वलीविरुद्ध दुई नाबालक छोराहरुको तर्फबाट मुद्दा परेको हो । प्रदेशसभा सदस्य वलीका छोराहरु १२ वर्षीय प्रणय वली र ९ वर्षीय दिवाकर वलीको तर्फबाट मुद्दा परेको हो ।

वलीकी जेठाजु अमरबहादुर वलीले प्रणय र दिवाकरको तर्फबाट मुद्दा दर्ता गराएका हुन् । श्रेष्तेदार गिरीकाअनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं. ०७३ –०७८ –००३६२ हो ।

निवेदक अमरबहादुरले विपक्षी वलीबाट नाबालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नाबालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् ।

निवेदक अमरबहादुरले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमलाकुमारी वलीबाट उत्तरकुमार वलीका नाबालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् । विमला ४ महिनादेखि घर नगएको श्रोतले बतायो ।

एमालेको तर्फबाट ०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङको क्षेत्र नं. ३ ‘ख’बाट निर्वाचित उत्तरकुमार वली (विमलाका श्रीमान्) को दुर्घटनामा निधन भएपछि ०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वली निर्वाचित भएकी थिइन् ।

 

 

 

 

adb bank long