काठमाडौं। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज (आइतबार) पनि बस्दै छ ।
बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो । बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुङ्गो लगाउने गरी छलफल शुरु गरिएको थियो ।
आज बस्ने बैठकमा टुङ्गो लगाउने गरी नेताहरूको कार्य विभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल शुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।