सर्लाही । तीनदेखि हराईरहेकी १६ वर्षीय युवती मृत फेला परेकी छिन । गत ३१ साउन रातीदेखि ( तीन दिनदेखि हराइरहेकी किशोरी ) घरबाट हराइरहेकी उनको शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलादेखि २ सय मिटरमा प्रहरीले फेला परेको जनाएको हो ।
मंगलबार राती १२ बजे भेटिएको किशोरीको शव जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंका भुजेल रहेको प्रहरीले जनाएको छ
उनी साउन ३१ गते घरबाट हराएपछि परिवारजनले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थिए ।
सर्लाही प्रहरीका एसपी सन्तोष सिंह राठौरले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार किरोशीको शव फेला परेपछि घटनाको आशंकामा सोही ठाउँकै २ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती नै जिल्ला अस्पताल मलंगवा पठाएको छ । युवतीको मृत्युको कारण खुल्न सकेको छैन् ।
एसपी राठौरले भने, “घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको छ, पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने छ ।”