nepal telicom

नेपाल केन्पो खुुकुरी प्रशिक्षण आजबाट शुरु हुँदै

बुटवल । नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको आयोजनामा बुटवलमा आजदेखि केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा प्रशिक्षण कार्यक्रम हुने संघका सचिव सुरेन्द्र गुरुख्ले जानकारी दिए ।

यस विषउमा हिजो पत्रकार सम्मेलन गरेर समेत जानकारी गराईएको थियो । यस प्रशिक्षण कार्यक्रममा सात प्रदेशबाट दुई दुई जनाको सहभागिता रहने संघले जनाएको छ । प्रशिक्षणका क्रममा फुल केन्पो, सेमी केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरी चार विधामा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षण ७ गतेसम्म संचालन हुनेछ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ स्थापित यस संघले केही समयमा नै यस खेललाई देशको गरिमा बढाउने खेलको रुपमा विकास गराउने प्रतिबद्धता संघले गरेको छ ।

adb bank long