अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री देउवाको निर्देशन

Telecom

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिएका छन् । देउवाले परराष्ट्र, गृह मन्त्रालय लगायतलाई समन्वय गर्न निर्देशन दिएका हुन् ।

देउवाले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उद्धार प्रतीक्षा गरिरहेका नेपालीको अभिभावकत्व सरकारको दायित्व भएको बताएका छन् ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’ देउवाले ट्वीटरमा सन्देश लेखेका छन, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

तालिबानले अफगान राजधानी कब्जा गरेपछि बहालवाला राष्ट्रपति गानी देश छाडेर भागेका छन् । अमेरिका, बेलायत लगायत मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लैजादै छन् ।

adb bank long