नेकपा माओवादी केन्द्रको वैठक आज पनि बस्दै

Telecom

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्भदैछ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताईएको छ ।

हिजो शनिबार भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल(‘प्रचण्ड) ले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने बताईएको हो ।

अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन् । शनिबारको बैठकमा उनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।

 

प्रोटोन एजुकेसन
adb bank long