बामदेवजस्तो सहेर नबस्ने माधवको स्परोक्ति

Telecom

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम जस्तो आफू अपमान सहेर नबस्ने बताएका छन् । उनले पार्टीभित्र देखिएको गलत प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष जारी राख्ने स्पष्ट पारेका छन् ।

आज ९शनिबार० काठमाडौमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिविरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।

नेता नेपालले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यकता भएको पनि बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताएका छन् ।

‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले थपे, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनै पनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए ।

‘वामदेव कमरेड जस्तो अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने रु न रुन सकिने न हाँस्न सकिने रु त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालले भने । उनले अन्तिम समयसम्म पनि आफू एकताको पक्षमा लाग्ने र लागेको बताउँदै त्यो सफल नहुने भए असहज बाटो रोज्नुपर्ने अवस्थामा पुग्नु पर्ने बताए ।

adb bank long