माओवादीको केन्द्रीय समितिको वैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट शुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

यसअघि साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो । मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा केन्द्रित हुनुपर्ने भन्दै बैठक सारिएको थियो । तर, मन्त्रिपरिषद् भने बिस्तार हुन सकेको छैन ।

adb bank long