काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा अहिले ११ बजेबाट केन्द्रीय समितिको बैठक शुरु भएको हो ।
यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ। आजको बैठकमा पनि यही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार प्रस्तुत गर्ने बताईएको छ ।
कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधनका लागि तय गरिएको बैठक अझै केही दिनसम्म लम्बिन सक्ने बताइएको छ। भदौ २३ गते भित्र महाधिवेशन प्रक्रिया शुरु नगरे संवैधानिक संकट आउने देखिएकाले यो केन्द्रीय समिति बैठकलाई स्पष्ट कार्यतालिका सार्वजनिक गर्नैपर्ने बाध्यता रहेको बताईन्छ ।
‘२३ गतेभित्र अनिवार्य शुरु गर्नुपर्छ महाधिवेशन प्रक्रिया। फेहरिस्त कार्यतालिका आउनै पर्छ। नआए संवैधानिक संकट आउन सक्ने एक नेताले बताए ।
यस विषयमा हुने छलफल लम्बिएर शनिवारसम्म पुग्न सक्ने र केन्द्रीय समितिले १४औँ महाधिवेशनबारे विशेष निष्कर्ष निस्किन सक्ने ति नेताले जनाए ।