मन्त्रीमण्डललाई पूर्णता दिन प्रचण्ड देउवाबीच भेटघाट

Telecom

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई हप्ता कट्दा समेत मन्त्रीपरिषद बिस्तार गर्न सकेका छैनन् ।

सत्तासाझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडका विषमा मोटामोटी सहमति भएपनि हालसम्म मन्त्रीमण्डल बिस्तार हुन सकेका छैन ।

यही विषयलाई टुङ्गो लगाउनकै लागि मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र देउवाबीच भेटघाट भएको छ । भेटमा उनीहरुले मन्त्रीपरिषदलाई पूर्णण दिने विषयमा छलफल भएको बालुवाटार श्रोतले बतायो ।

सर्बोच्च अदालतले संसद पुर्नस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमाधेश जारी गरेपछि उनी गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

adb bank long