काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।
वैठक आज दिउसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बताईएको छ । आजको बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिएका छन् ।
माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन । यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको उनले बताए ।