काठमाडौ । बिना हेल्मेट मोटरसाइकलमा सवार भएका पूर्वयुवराज पारस शाहलाई ट्राफिक प्रहरीले समातेपछि हिजो बेलुका महाराजगंजमा हंगामा भयो । पारसलाई ट्राफिक प्रहरीले हिड्नु जाम भन्दा पारसले प्रतिउत्तरमा तैले भन्दा जाने हो र म ? भन्दै प्रतिप्रश्न गरेको भिडियोमा सुन्न र देख्न सकिन्छ । हेरौ पूरा भिडियो :
पटपटक विवादमा
पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् ।
२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो । प्रहरीले उनको गाडीलाई थापाथलीमा रोको थियो । तर रिसमा उनले थापाथलीमा कार्यरत् एक महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए ।
संयोगले उनी जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन्, जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेको थियो ।
२०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।
दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो ।
कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रविण गुरुङको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार गुरुङलाई हानेर उनको गाडी सिधै निर्मल निवास छिरेको थियो ।
पछि दरबारले नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर राजतन्त्र हटेको लामो समय भइसक्दा पनि उनको उदण्डता उस्तै छ ।