काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउने जुक्तिमा लागेका छन् ।
देउवाले नेपाललाई मनाउन प्रचण्डलाई जिम्मा दिएका छन् । त्यसो त उनले दिनकै नेपाललाई भेटेर सरकारमा सहभागी हुनका लागि आग्रह गरिरहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन निर्णयक भूमिका खेलेका नेपालले तत्काल सरकारमा सहभागी नहुने जनाउ दिसकेका छन् ।
तर, नेपाल समूह सरकारमा सामेल भए सरकार टिकाउन स्पष्ट बहुमत पुग्ने भएका कारण प्रचण्ड- देउवा जसरी पनि सहभागी गराउने कसरतमा लागेका हुन ।
तर तत्काल सरकारमा सहभागी भए नेपाल समूहलाई ठूलो धक्का पर्ने अवस्था देखेका छन् नेपालले । कानुनी हिसाबले कठिनाई रहेको छ । यदि तत्काल सरकारमा गए एमाले दल त्याग गर्नुपर्ने हुन्छ । दल त्याग गर्दा सांसद पद स्वत गुम्छ । यसले गर्दा नेपालले सरकारमा सहभागिता नजनाउने बताएका हुन ।
तर, यसको बिकल्प दिनेगरी नेपाललाई मनाउन प्रचण्ड दिनकै कोटेश्वर धाउने गरेका छन् ।उनीहरु कति सफल होलान त्यो हेर्न बाँकी छ ।