मन्त्रालय बाँडफाँडमा गठबन्धनको सहमति, कांग्रेसलाई ८, माओवादी र जसपाले ७- ७ मन्त्रालय पाउने

Telecom

काठमाडौ । मन्त्रीपरिषद विस्तारका लागि बसेको सत्तारुढ गठबन्धनको वैठकले मन्त्रालयको भागबण्डा टुङ्गाएको छ । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको वैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि कांग्रेस र जसपाको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । त्यस्तै जसपा कार्यकारिणी समिति बैठक पनि शुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।
उनीहरुले एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको सहभागिताबिनै मन्त्रालयको बाँडफाँड गरेका हुन ।

 

adb bank long