काठमाडौ । मन्त्री परिषद विस्तारमा सम्बन्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्डले एमाले बरिष्ठ नेरा माधवकुमार नेपाल र आफ्नै पार्टीका अर्का नेता नारायाणकाजी श्रेष्ठसँग परामर्श गरेका छन् ।
साही विषयमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका प्रचण्डले फेरी नेपाल र श्रेष्ठसँग परामर्श गरेका हुन । प्रचण्ड जसरी पनि नेपाल समूहलाई मन्त्रीपरिषदमा समावेश गर्न चाहन्छन् ।
तर नेपालले यसअघि नै आफू पार्टी एकताको पक्षमा रहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने बताईसकेका छन् । तर नेपालले यस्तो निर्णय गरेपछि देउवालाई सघाएका नेपाल समूहका २२ सांसदले जसरी पनि देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने दबाब दिरहेका छन् ।
तर, सरकारमा सहभागी हुनका लागि त्यति सजिलो बाटो नदेखो नेपाल अहिले नै खरो निर्णय गर्न सक्ने अवस्थामा देखिदैन । कानुनी जटिलता बुझेका नेपालले यसै कारण पनि आफ्नो समूह देउवाको नेतृत्वमा सहभागी हुन नसक्ने जनाउ दिएका हुन ।