धेरै भाडा लिने सवारी साधनमाथि ट्राफिक प्रहरीको कारबाही

Telecom

मकवानपुर । कोरोना महामारीका कारण जनजीवन आक्रान्त पारेको यो समयमा यातायात व्यवसायीले अर्को मार थप्ने गरेको छ त्यो हो महंगो भाडा लिएर । सरकारले निषेधाआज्ञा केही खुकुलो बनाई यातायात संचालन गर्न दिएको छ । त्यही मौकाको फाईदा उठाउँदै अहिले यातायात व्यवसायीले सर्वसाधारणहरुसँग महंगो भाडा लिईरहेको छ ।

केही समयअघि टाटा सुमोले दुई हजारदेखि तीन हजारसम्म लिएर काठमाडौको बल्खुमा झाथ्र्यो । हाल आएर त्यति भाडा लिएको पाईदैन तर अहिले पनि लाग्दो भाडाभन्दा बढी भाडा असुल गरेर सर्वसाधारणलाई मर्कामा पारिरहेको एक युत्रुले कोसेलीखबरलाई बताए ।

हेटौबाट काठमाडौ आउनका लागि एकतफी ४४४ मात्र सरकारले तोकेको छ । तर यातायात व्यवसायीले भने २८ प्रतिशत भाडा बढेको भन्दै सर्बसाधारणसँग असुलीरहेको छ । एकै प्रदेशमा यात्रा गर्दा २८ प्रतिशत भाडा वृद्धि भएको छैन ।

एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा मात्र बढेको भाडाा जोडिन्छ । त्यो भाडा लिएको जानकारी पाएपछि हिजोमात्र २० भन्दा बढी टाटसुमो कारबाहीमा परेका छन् । उनीहरुले बढी भाडाा लिएको देखेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो । ट्राफिक प्रहरीले पनि नियम उल्लंघन गरेका कारण कारबाही गरेको जनाएको छ ।

 

adb bank long