किसानलाई दूध दुहुने र घाँस काट्ने मेसिन हस्तान्तरण

Telecom

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका ३८ पशुपालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा बुधबार आयोजित एक कार्यक्रममा १७ कृषकलाई दूध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।

करबाहेक रु एक लाख १० हजार लागतको दूध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र रु ३० हजार पर्ने घाँस काट्ने मेसिन ९च्याफकटर० ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । च्याफकटर गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत ११ वटा शतप्रतिशत अनुदान र चालु आवको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन तथा २१ वटा मिल्किङ मेसिन वितरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख मेखराज ढकालले बताए।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गरी किसानलाई अगाडि बढाउने योजना रहेको बताउनुभयो । कृषिको विकासनै महानगर समृद्धिको मूल आधार भएकाले कृषिको विकासलाई नै बढी प्राथमिकता दिइएको दाहालले बताए।

महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्र्याक्टर, घाँस काट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गर्न महानगर लागिरहेको बताए। कृषिको विकास गर्न नसके चाहेजस्तो समुन्नत महानगर बन्न नसक्ने भएकाले जनप्रतिनिधि महानगरको कृषिको विकासमा लागेको ठकुरीको भनाइ छ ।

adb bank long