nepal telicom

माधव नेपाललाई दोस्रो अध्यक्षको लोभमा नफँस्न २२ भाईको उर्दी

काठमाडौ । नेपाली कांग्रेस नेतृत्वमा सरकारमा मन्त्री पद खानलाई लालायित २२ भाई सांसदले माधवकुमार नेपाललाई दोस्रो अध्यक्षको लोभमा नफँस्न उर्दी जारी गरेका छन् । देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले नेकपा एमालेका वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका हुन ।

आज नेपालले आफूलाई साथ दिएका सांसदहरूसँग सामूहिक परामर्श गरेका छन् । उनीहरूमध्ये अधिकांसले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर माधव नेपालको ध्यानाकर्षण गराएका हुन् ।

साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा आयोजना भएको छलफलमा सहभागी सांसदहरुले कार्यदलमा रहेका माधव नेपाल पक्षबाट प्रतिनिधित्व गर्ने नेताहरुले केपी ओलीलाई सहयोग गरेको आरोप लगाएका छन् ।

सांसदहरूले दोस्रो तहका नेताहरूबाट माधव नेपाललाई धोखा भए पनि तेस्रो र चौथो तहका नेता कार्यकर्ताको साथ रहेको भन्दै खुट्टा नकमाउन आग्रह गरेका छन् । छलफलमा सहभागी एक सांसदले भने, ‘संसद जोगाउनुभयो अब सरकार जोगाएर यो संसद पूरा कार्यकाल चल्न हामीले सघाउनुपर्छ भनेर माधव नेपाललाई भनेका छौं । पार्टी एकता गर्ने हो भने पनि तत्कालै गर्नुस् तर दोस्रो अध्यक्ष भनेर केपी ओलीले फेरि हलाल गर्छन् भनेका छौं ।’

adb bank long