nepal telicom

मन्त्रीपरिषद विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक शुरु, नेपाल समूहबाट गए पौडेल

काठमाडौं । मन्त्रिपरिषद विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । एमालेको माधव नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् ।

यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी थिए । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेपछि नेपाल आजको बैठकमा नगाएका हुन ।

 

adb bank long