माधव नेपाललाई प्रदेश प्रमुख र राजदूतको ललिपप !

Telecom

काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेत माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड० र नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवालले दबाब दिरहेको खुलासा भएको छ ।

सरकारमा सहभागी गराउनकै निम्ति उनीहरुले नेपालसँग निरन्तर भेटघाट र वार्ता गर्दै आईरहेका छन् । उनीहले भेटका क्रममा ६ मन्त्री र दुई प्रदेशप्रमुख दिने र सरकारमा सहभागी हुनका लागि जोडबल गरिरहेको हुन ।

एमालेभित्रका दोस्रो तहका नेताहरुले पार्टी एकताका पक्षमा देखिएपछि माधव नेपाल विलखबन्दमा परेका छन् । अहिले नेपाल अनिर्णयको बन्दी हुन पुगेका छन् । तेस्रो तहका नेताहरुले अर्को पार्टी गठन गर्ने भनेपनि दोस्रो पुस्ताका नेताहरुले त्यो कुरामा सहमत भएका छैनन् ।
भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, यज्ञराज सुनुवार,गोकर्ण विष्ट,अष्टलक्ष्मी शाक्य पार्टी एकताको पक्षमा रहेका छन् । उनीहरुको जनाधार पनि बलियो रहेको छ ।

त्यस्तै बेदुराम भुषाल, रामकुमारी झाक्री,कल्याणी खड्का,नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा,विजय पौडेल लगायत पार्टी एकताको विपक्षमा रहेका छन् । उनीहरुको जनाधार शून्यप्राय रहेको छ ।

आफ्नै दलका अध्यक्षको सरकार गिराएर विपक्षी पार्टीका नेता देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका माधवकुमार नेपाल समूह यो सरकारमा सहभागी हुन चाहन्छ । तर यसका लागि कानूनी जटिलता छ । एमालेकै हैसियतमा सरकारमा सहभागी हुन मिल्दैन । तर माधवकुमार नेपाल समूहको अवस्था अहिले यता न उता मुलाबारी भित्ता भनेजस्तो भईरहेको छ ।

माधव नेपालले मसक्क कस्सिएर एकता र विग्रहमध्ये एक बाटो रोज्न आनाकानी गरेकाले अझै केही समय देउवाको सरकार विस्तार प्रभावित हुने जानकारहरू बताउँछन् । स्रोतका अनुसार, देउवाले नेपालसहित एकै पटक मन्त्रिपरिषद् गर्नुपर्ने भएकाले केही समय कुनुपर्ने बाध्यताबारे निकटस्थसँग ब्रिफिङ गरेका छन् । ‘एमालेसँग भातभान्छा अलग गरेर नयाँ दल बनाएको अवस्थामा माधव नेपाल समूह पनि सरकारमा सहभागी हुनेछ,’ स्रोत भन्छ, ‘यो समूह कसरी अघि बढ्छ भनेर कुर्न लाग्दा देउवाको मन्त्रिपरिषद् विस्तार प्रभावित बनिरहेको छ ।

 

adb bank long