nepal telicom

गृहमा पोखरेलको ‘इन्ट्री’ हुँदा दाहाल परे खाँडको कोपभाजनमा

काठमाडौ । कांग्रसका नेता बालकृष्ण खाँडले गृह मन्त्रालयको कमाण्ड सम्हालेपछि केही सहसचिवलाई जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँड आएसँगै गृहको शान्ति सुरक्षा महाशाखा,प्रशासन महाशाखा,आन्तरिक व्यवस्थापन महाशाखा र कारागार व्यवस्थापन विभागका हाकिमहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

स्रोतका अनुसार गत शुक्रवार नै गृहले प्रवक्ता समेत हेर्ने गरी शान्ति सुरक्षा महाशाखाको प्रमुखमा फणीन्द्रमणि पोखरेललाई मन्त्रालयमा ल्याईएको छ भने त्यहाँ कार्यरत जनकराज दाहाललाई कारागार व्यवस्थापन विभाग पठाईएको । दाहाल यसअघि झापाको प्रमुख जिल्ला अधिकारी हुँदै काठमाडौंको प्रजिअ बनेका थिए ।

काठमाडौंको सीडिओ कालिप्रसाद पराजुलीलाई पठाइए पछि दाहाल गृहमा तानिएका थिए । यसरी मन्त्री खाँड आउनेबित्तिकै पोखरेललाई मन्त्रालय तानेर दाहाललाई विभागतिर पठईएको छ ।

यस्तै गृहले प्रशासन महाशाखाको जिम्मेवारी गोविन्द रिजाललाई दिइएको छ भने सो महाशाखा हेर्दै आएका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखा पठाएको गृहले जनाएको छ ।
त्यसैगरी गृहले केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवाको पनि तयारी भईरहेको गृहस्रोतले बताएको छ ।

adb bank long