काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा सहभागी शुो निषयमा सत्तारुढ दल माओवादी केन्द्रभित्र नयाँ विवाद सिर्जना भएको छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमा पार्टीभित्र नयाँ लफडा शुरु भएको हो ।
माओेवादीबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा राष्ट्रियसभासदस्य रहेका नारायणकाजी क्षेष्ठले उपप्रधानमन्त्री दाबी गरेपछि प्रचण्ड अफ्यारोमा परेका हुन ।
प्रचण्डले भने यसअघि रोशनी प्रकरणमा विवादमा परेपछि सभामुख पद त्याग् बाध्य भएका कृष्णबहादुर महरालाई कमब्याक गर्ने गरी उपप्रधान सहित संचारमन्त्रीमा प्रस्ताव गरेका छन् । यो कुरा थाहा पाएपछि नारायणकाजी श्रेष्ठले उपप्रधानसहित परराष्ट्रमन्त्री दाबी गरेका छन् ।
यसरी श्रेष्ठले आफ्नो दाबी प्रस्तुत गरेपछि प्रचण्डले निर्णय गर्न सकेका छैनन् । यद्यपी स्थायी समितिले भने यो विषयको टुंगो लगाउनको लागि प्रचण्डलाई जिम्मा दिएको छ । त्यस्तै माओवादीभित्र मन्त्री बन्नका लागि धेरैले आकांक्षा राखेका छन् । उनीहरुले आआफ्नो तवरबाट मन्त्री बनाउनका लागि दबाब समेत दिन थालेका छन् । उनीहरुको दबाबलाई प्रचण्डले कसरी सामना गर्लान त्यो हेर्न बाँकी छ ।