देउवालाई मन्त्री छान्न सकस, सल्लाहाकारहरुमा लफडा

Telecom

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णत दिन सकेका छैनन् । पार्टीभित्र रामचन्द्र पौडेलपक्ष र कृष्णप्रसाद सिटौलापक्षलाई मिलाउनका लागि देउवालाई गाह्रो भईरहेको छ ।

केहीदिनअघि पौडेलले देउवालाई धम्की नै दिसकेका छन् । उनीहरुले बरिष्ठ उपप्रधानमन्त्री मन्त्रीहरुको माग गरेका छन् । यसरी त्रिपक्षीय समूहको चपेटामा अहिले देउवा परेका छन् । उपप्रधानमन्त्री हुनका लागि शशांक कोरईराला, सुजता कोईराला र प्रकाशमान सिंह मरिमेटेर लागिरहेका छन् । त्यस्तै सिटौलापक्षबाट भीमसेनदास प्रधान,र उमा चौधरी लागिरहेका छन् ।

मन्त्री हुनका लागि पुष्पा भूषाल, डिना संग्रैला, मिनेन्द्र रिजालमीन विक, दिलेन्द्र बडु,उमाकान्त चौधरी, गगन थापा, राजन केसी संजय गौतम लागिरहेका छन् ।
देउवालाई अहिले मन्त्रीमण्डल गठनका लागि सकस भईरहेको छ । उनले आफ्नै सचिवालयलाई समेत पूर्णता दिन सकिरहेका छैनन् । उनको सल्लाहाकार हुनका लागि रमेश लेखक,एनपी साउद, विश्वप्रकाश शर्माले चाहना गरेका छन् ।

त्यस्तै प्रेस सल्लाहाकार हुनका लागि सुरेश आचार्य,बद्री सिग्देल र गोविन्द परियाले चाहना गरेका छन् ।

adb bank long