वर्षा भईरहेकोले सर्तकता अपनाउन महाशाखाको आग्रह

Telecom

काठमाडौँ । हाल देशभर हल्कादेखि मध्यम खालको वर्षा भईरहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू भाग नजिक रहेकोले बदली भएको हो । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षा भईरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

adb bank long