सल्यान । खेल्ने क्रममा विवाद भएपछि १४ वर्षीय बालकले आफ्नै भाइको हत्या गरेका छन् । मंगलवार राति घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका–५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने सियोले बायाँ कानमुनी प्रहार गरेका थिए ।
घाइते सन्दिपको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए।
सन्दिपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सन्दिप र सियो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । दुई दाजु भाइका छोराबीच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको पौडेलले बताए ।