nepal telicom

चीनबाट खोप ल्यानका लागि ३ दिन जहाज पठाईदै

काठमाडौ । नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन जाँदैछ ।

लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । त्यस्तै निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र शनिबार खोप लिन चीन जाने छ ।

विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलो पटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ । निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका रहको छ ।

adb bank long