मन्त्रीको टुङ्गो लगाउन माओवादीले बोलायो स्थायी कमिटीको वैठक

Telecom

काठमाडौ । सरकारमा सहभागी माओवादी केन्द्रले मन्त्रीको टुङ्गो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न महत्वपूर्ण भूमिका खेलेको माओवादीले स्थायी कमिटीबाट थप मन्त्रीहरुको पनि टुङ्गो लगाउने योजना बनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।
आइतवार राति विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले क्याबिनेट विस्तार तयारी थाल्दै गर्दा माओवादीले पनि सम्भावित मन्त्रीहरुको टुङ्गो गर्ने भएको हो । माओवादीको भागमा ६ उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्नेछन् ।

यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेकी छन् । तर उपप्रधानमन्त्रीका रुपमा जान नारायणकाजी श्रेष्ठसहितले जोडबल लगाइरहेका छन् ।

 

adb bank long