माधव नेपाल देउवा नेतृत्वको सरकारमा सहभागी हुँदै, आजै बोलाए संसदहरुको वैठक

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जानलाई नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष राजी भएका छन् ।

आजै बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । उनले छलफलका क्रममा आफ्नो समूह पनि सरकारमा सहभागी हुन ईच्छुक रहेको जनाउ दिएका थिए ।

नेपालले सरकारमा सहभागी हुन ईच्छुक रहेको कुरा प्रचण्डले बालुवाटार पुगी देउवालाई सुनाएका थिए । यो कुरा थाहा पाएपछि देउवाले ६ मन्त्रालय दिनेगरी नेपाललाई सरकारमा सहभागी गराउन लागेका हुन । कुन कुन मन्त्रालय दिने भन्ने विषयको निक्र्यौल नभएपनि सरकारमा सहभागी हुने भएपछि अहिले नेपालले आफ्ना पक्षका सांसदहरुको वैठक डाकेका छन् ।

नयाँ बानेश्वरस्थित अर्याल होटेलमा ४ बजे वैठक बस्दैछ । बैठकमा कोकोलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

adb bank long