काठमाडौ । नेकपा एमाालेकाा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टे स्पष्टिकरण सोधेपछि रन्थनिएका बरिष्ठ नेता माधव नेपाल सरकारमा सहभागिता जनाउने मुडमा पुगेका छन् ।
पार्टीभित्र आफ्नो स्थाान नदेखेपछि नेपालले नेपाली कांग्रेसको सभापति शेरबहाादुर देउवाको सरकाारमाा सहभागि हुन ईच्छुक देखिएका हुन ।
यसाका लागि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।
आज विहानै माधव नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका थिए । प्रचण्ड र माधव नेपालबीच करीव पौने घण्टा छलफल भए लगत्तै उपेन्द्र यादव पुगेका हुन् । उनीहरुले सत्तासहकार्यका लागि छलफल भएको र आजै निष्कर्षमा पुग्ने बताईएको छ ।