ओलीले २४ घण्टे स्पष्टीकरण सोधेपछि नेपाल पक्षको छुट्ट्रै वैठक, के गर्छन अब ?

काठमाडौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टे स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक वैठकमा जुटेका छन् । अध्यक्ष ओलीले हिजो(सोमबार) बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

डल्लुमा नेपाल समूहको बैठक बसेको थियो । तर वैठकमा के निर्णय भयो भन्ने विषय अहिले बाहिर आएको छैन । गत आइतबार माधव नेपालसहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छहुन् ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गरेका छन् । एमालेको वैठकले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत दिने कुरा अक्षम्य भएको निष्कर्ष निकालेको थियो । सो अनुरुप पार्टीमने निर्देशन पालना नगरेका कारण ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

adb bank long