चेपाङको भोक टार्दै गोविन्दराम

Telecom

चितवन । अहिले खेत हुनेको मकै पाक्यो घरमा अन्न भर्न थाल्यो । तर खेत नहुनेको बारीमा मकै पाकेको छैन । घरमा खाने अन्नको अभाव रहेको छ । यसै दुःखलाई देखेर चेपाङका अगुवा एवम् पूर्व सांसद भक्कानिन्छन् ।

May be an image of 6 people and outdoors

चेपाङ दाजुभाइ तथा आमाबुबाको भोको पेट भर्नको लागि अहिले गोविन्दराम चेपाङ लागिरहेका छन् । उनी दिनकै चेपाङ गाउँतिर भेटिन्छन् अहिले चामलको बोरा बोक्दै र बाँड्दै गरेको ।

May be an image of 2 people, people standing and outdoors
विभिन्न व्यक्तिहरुसँग सहयोग माग्दै चेपाङ गाउँमा चालम पुर्याउने अभियानमा जुटेका तिनै गोविन्दरामले आज पनि चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. १२ को चेपाङ वस्तीमा पुगेर २५ केजीको दरले तीन सय घरपरिवारलाई चामल बाँडेका छन् ।

May be an image of 6 people, people sitting, tree and outdoors
उनले गरेको यो सहयोगलाई सबै चेपाङहरुले नमन गरेका छन् । उनको यो काममा साथ दिएका युवा उद्यमी दिनेश चेपाङले । मौरीको महको व्यवसाय गर्दै आएका दिनेशले पनि चेपाङ दाजुभाईको दुःख देख्न नसकेर आफै चालम बोक्दै चेपाङ दाजुभाइ तथा आमाबुबाको भोको पेट भर्न लागिपरेको प्रतिकृया दिन्छन् ।

May be an image of 6 people, outdoors and text that says 'REDMI NOTE QUAD CAMERA'
यो पटक उनीहरुलाई पाष्टर पुर्ण बा वाईबा को सहयोगमा त्यत्ति मात्राको चामल बाडिएको हो ।

यसको संयोजन युवा उद्यमी दिनेशले गरेका थिए । उनलाई साथ दिएका थिए वडा सदस्य रेल बहादुर चेपाङ र दिपक चेपाङले ।
साविकको लोथरको वाकराङ,परखाल,मेताराङ, धानबाङ गैरी का चेपाङ, तामाङ, नेवार तथा विकहरुलाई चामल राहतको रुपमा बाँडिएको थियो ।तस्वीरः गोविन्दरामको फेसबुकबाट

adb bank long