काठमाडौ । नेकपा एमालेको १०औं केन्द्रिीय कमिटीको वैठक शुरु भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघिदेखि पार्टीको केन्द्रीय कमिटीको बैठक शुरु भएको हो ।
आजको वैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलननाथ खनाल पक्ष उपस्थित छैन ।
हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षले सहभागिता नजनाउनुलाई पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि देउवालाई सघाए एमालेमा बस्ने अधिकार नभएको पार्टीका सभापति केपी शर्मा ओलीले उद्घोष गरिसकेका छन् । अब, देउवालाई मत दिनेलाई ओलीले के गर्लान भन्ने विषय अहिले बजारमा ब्यापक चर्चामा रहेको छ ।